Wednesday, August 13, 2025

सशस्त्र प्रहरीबल पर्साद्वारा लाखौंको कपडा बरामद:-

ताजा / भरखरै प्राप्त

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली गरेर ल्याएको नौ लाख ४७ हजार छ सय २५ मूल्य पर्ने लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका –१० स्थित टाउनहलबाट बिकेएस इम्पेक्समा भारतबाट अवैध रूपमा ल्याएर भण्डारण गरेको कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरीबल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles