
बैतडी जिल्लाको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ ।
सो दुर्घटनामा परी चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेका अनुसार सो दुर्घटनामा परी मृत्युु हुनेमा अन्दाजी २४ बर्षका जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेका छन ।