Saturday, August 16, 2025

आज आदिकवि भानुभक्तको २१२ औं जन्मजयन्ती देशभर मनाइयो:-

ताजा / भरखरै प्राप्त

अजित कुमार भुजेल, बिरगंज ।
नारायणी वाङ्मय प्रतिष्ठान, बिरगंज पर्साको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रमको प्रारम्भ बिरगंज बसपार्कस्थित भानुभक्तको शालिकमा माल्यार्पणबाट गरिएको थियो। त्यसपछि वीरगञ्ज पब्लिक कलेजको नयाँ भवनमा वाङ्मय सम्मान, पुरस्कार वितरण, र कविगोष्ठी सम्पन्न भएको थियो।

प्रतिष्ठानकी अध्यक्ष कविता खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथि थिए। विशिष्ट अतिथिमा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरी गौतम, साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, केसि लामिछाने, श्याम बन्जारा, देवेश गुप्ता, रामनारायण कुर्मी, सुशिला शाह, सलमा खातुन लगायतको उपस्थिति थियो।

मेयर सिंहले आदिकवि भानुभक्तलाई नेपाली भाषाका शिल्पी मात्र नभई “नेपाली पहिचानका मेरुदण्ड”को रूपमा स्मरण गर्दै, यस्ता कार्यक्रमहरू बिरगंजको सांस्कृतिक चेतना र साहित्यिक सक्रियताको प्रमाण भएको बताए।

कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरियो। यस्तै, साहित्यकार गणेश लाठ र रामप्रसाद अधिकारीलाई दोसल्ला, प्रशंसा पत्र सहित नगद रु. १२,५०० प्रदान गर्दै सम्मान गरिएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठान सदस्य सुर्यानारायण विकले राखेका थिए भने सञ्चालन गीता भण्डारीले गरेकी थिइन्।

कार्यक्रममा गौतम माध्यमिक विद्यालय, नवदिप एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएर अतिथिहरूको स्वागत गरेका थिए। आयोजनामा सम्पन्न प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकी क्रीस्टिना कर्ण प्रथम, नारायण माझी द्वितीय, तथा नवदिप एकेडेमीका अरुण यादव तृतीय भएका थिए।
कार्यक्रममा बिरगंजका विभिन्न सञ्चार माध्यम प्रतिनिधि, साहित्यप्रेमी, लेखक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles