
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं. १३ स्थितमा ऐ.ऐ.बस्ने वर्ष अं.२५ को राहुल राना मगर लागू औषध ट्रामाडोल सहित पक्राउ परेका छन् ।
मकवानपुरका प्रहरीले भन्ने प्राप्त सूचनाको आधारमा प्रहरी चौकी पदमपोखरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बसिरहेको अवस्थामा फेला पारी रितपुर्वक खानतलासी गर्दा निजको साथबाट लागू औषध ट्रामाडोल २० क्याबसुल र डाईजेपाम ११ एम्पुल फेला परेको हो। उक्त लागु औषध बरामद गरी निज राहुल राना मगरलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागु औषध कसुरमा ६ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।