


सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति एक १८ वर्षीया युवतीको गोली प्रहार गरी हत्या गरिएर भिनाजु फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अर्सी खातुनलाई आफ्नै भिनाजु आजात मियाँ जटले गोली हानेका छन् । प्रारम्भिक अनुसन्धानमा टाउकोमा नजिकैबाट गोली प्रहार गरिएको देखिएको छ।
घटनापछि आजात मियाँ भारततर्फ भागेको आशंका गरिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानमा भिनाजुले नै गोली प्रहार गरेको देखिएको छ ।
उनी तत्कालै भारततिर भागेपछि, प्रहरीले खोजी कार्य जारी गरिरहेको बताइएका छन् ।