Sunday, August 17, 2025

पत्रकारमाथि हुसेन माथि भएकाे दुर्व्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण

ताजा / भरखरै प्राप्त

वीरगञ्ज ३१ ,असार – नारायणी अस्पतालमा समाचार संकलनका पत्रकार आविद हुसैनमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ।

महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ सञ्चारकर्मीले आम नागरिकलाई सत्य सूचना दिन गर्ने कार्यमा रहेका बेला चिकित्सकहरूको संलग्नतामा उनीमाथि समाचार संकलनमा अवरोध सिर्जना हुनु, मोबाइल खोसिनु र खिचिएको भिडियो जबरजस्ती मेटिनु अत्यन्त आपत्तिजनक र लोकतान्त्रिक मूल्यविपरितको कार्य हो।महासंघले भनेको छ, पछिल्लो समय पत्रकारमाथि बढ्दो दुर्व्यवहार र आक्रमणका घटनाहरूले सम्पूर्ण पत्रकारिता क्षेत्रलाई नै असुरक्षित बनाउँदै लगेको गम्भीर सन्देश दिइरहेका छन्।”

महासंघले पत्रकार आविद हुसैनमाथि भएको दुर्व्यवहारप्रति कडा निन्दा प्रकट गर्दै सम्बद्ध निकायहरूलाई पत्रकार सुरक्षाप्रति गम्भीर र संवेदनशील बन्न आग्रह गरेको छ।

त्यस्तै महासंघले नारायणी अस्पतालमा भएको उक्त घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकार तथा प्रशासनसँग जोडदार माग समेत राखेको छ।

पत्रकारको आवाज दबाउने, प्रमाण नष्ट गर्ने र सुरक्षामा हमला गर्ने जस्ता कार्यहरू सह्य नहुने महासंघको चेतावनी रहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles