
बिरगंज स्थित नारायणी अस्पतालमा समाचार संकलनका लागि पुगेका पत्रकार आविद हुसैनमाथि भएको दुर्ववहार र आक्रमणप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले द्ययानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ पर्साले पत्रकारहरूमाथि पटक–पटक भइरहेका आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायलाई दोषीमाथि कडा कारवाही गर्न आग्रह गरेको छ ।
महासंघले अनियमितता, बेथिति र गलत कामको भण्डाफोर गर्दा पनि जिम्मेवार निकायहरू मौन बस्नु र सरकार गम्भीर नभएको अवस्थामा आम नागरिकहरुले कहिले सुशासनको अनुभूति गर्ने भन्ने प्रश्न उठाएको छ ।
‘यदि यसतर्फ बेलैमा ध्यान नदिइए सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीहरू सडकमा उत्रिन बाध्य नहोस् भन्ने चेतावनी पनि महासंघले दिएको छ,’।