Saturday, August 16, 2025

प्रशासन मन्त्री राज कुमार गुप्ताले दिए राजीनामा:-

ताजा / भरखरै प्राप्त

७८ लाख रुपैयाँ घुसको आरोप लागेका संघीय मामिला तथा सामान्य
प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

केही दिन अघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो ।
विपक्षी दलहरूले राजीनामाको माग गर्नुका साथ साथै कारबाहीका माग पनि गरेका थिए।
अडियो रेकर्ड अनुसार गत पुस/माघमा काम गरि दिने भनेर मन्त्री गुप्ताले केही रकम बुझेको आरोप पनि लागिएको छ ।

७८ लाख रुपैयाँ घुस डिलमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रीको पदबाट आज मंगलबार राजीनामा दिएका छन् ।

घुस प्रकरणमा चौतर्फी बिरोध भएपछि आज,मंगलबार गुप्ताले राजीनामा दिएको हो ।

प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका छन् ।

राजकुमार गुप्ता
सम्बन्धित विषय
राजीनामा दिएका मन्त्री राजकुमार गुप्ता भन्छन्–कहिलेकाहीँ नखाएको बिष पनि लाग्दोरहेछ, म, त्यसैको शिकार भएँ को छु ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles