Thursday, August 14, 2025

साढे २४ लाखसहित मालपोतका दुई कर्मचारी अख्तियारको फन्दामा:-

ताजा / भरखरै प्राप्त

काठमाडौं भक्तपुरस्थित मालपोत कार्यालयका दुई जना कर्मचारी साढे २४ लाख घुससहित रंगेहात पक्राउ पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई रंगेहात पक्राउ गरेको हो ।

मोही तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ।

उनीहरूको साथमा रहेको २ थान मोबाइल पनि अख्तियारले जफत गरिएको अख्तियारले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles