Sunday, August 17, 2025

पहिरोले बिपी राजमार्गका ३ स्थानमा यातायात अवरुद्ध:-

ताजा / भरखरै प्राप्त

काभ्रेको रोशी गाउँपालिका हुँदै जाने बाटो माम्ती खोला भेल सडक विपी राजमार्गको तीन स्थानमा बाटो अवरूद्ध भएको काभ्रेको प्रहरीले जनाएको छ ।

राति १० बजेपछि लगातारको वर्षापछि रोशी गाउँपालिका-११ माम्तीमा खोलाको भेल सडक माथिबाट आएको र त्यसले सडक कटान गरी राजमार्ग दुबै तर्फ अवरूद्ध बनाएको प्रहरीले जनाएको छ।
यस्तै, राति ११:३० बजेको समयमा रोशी-९ पिन्थलीमा खहरे खोलाको लेदो आई राजमार्ग अवरूद्ध बनाएको छ ।

त्यसैगरी, सोही राति ११:३५ बजेतिर बिरूवाडाँडा क्षेत्रमा पनि खहरे खोलाको लेदो बग्दा विपि राजमार्ग ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मिन बहादुर घलेले जानकारी दिएका छन् ।

तीनवटै स्थानमा इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले जेसीबीको सहायतामा सडक खुलाउने प्रयास जारी रहेको काभ्रेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles