उदयपुरको कटारी नगरपालिकामा सशस्त्र प्रहरीले ठुलो परिणाममा अवैध गाँजा बरामद गरेको छ ।
कटारी– २ खोक्सामा सशस्त्रले चेकजाँच गर्ने क्रममा ४ सय ३६ किलो गाँजा पक्राउ गरेको कटारीका सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिएका छन् ।
उनका अनुसार को १ ज १२७५ नम्बरको बोलेरो गाडीमा लुकाईछिपाई गाँजा सिरहातर्फ लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको छ ।
पक्राउ पर्नेमा गाडी चालक तेज राईरहेको र राईलाई नियन्त्रणमा लि. आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कटारीमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक राउतले बताएका छन् ।