

धनुषा जिल्लाको नेपाल भारत सिमानामा दिउँसै पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेको छ । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नंं १ कमला नदिको बाँधमा दिउँसै पेस्तोल देखाएर लुटपाट गर्ने गरेका भारत बिहार राज्य जिल्ला मधुवनी ग्रामपञ्चायत उस्राही थाना देवधा ८, पिठुवा टोल बस्ने वर्ष २३ को विजय मुखियालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुखियाले असार २० गते जनकनन्दनी वडा नंं १ बस्ने अजय कुमार गोइतलाई पेस्तोल तेर्साएर दुई लाख १६ हजार नगद र , १२ लाख १० हजार बराबरको चेक तथा एप्पल कम्पनीको–१६ प्रो. आइफोन लुटपाट गरेको आरोपमा प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको धनुषा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)नरहरि रेग्मीले जानकारी दिएका छन् ।