
बंगलादेशको पुर्व प्रधानमन्त्री हसिनाको गृहजिल्लामा तनाव, बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्यालीका क्रममा हिंसा भड्किएको छ।
हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला रहेको छ ।
बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक र प्रहरी बीच भिडन्त भएको थियो ।