काठमाडौंको राजधानीमा लागुऔषध नियन्त्रण ब्यूरोले राजधानीका दुई स्थानमा गरिएको अपरेशनमा ठुलो मात्रामा लागुऔषध बरामद गर्दै तीनजना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण ब्यूरोले बालाजुस्थित रहेको गंगाहल, शान्ति मार्गस्थित एक कोठामा ३५ हजार ५९० ट्रामाडोल क्याप्सुल र १२ हजार ५ सय किलोग्राम प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरु, मोरङ बेलबारीका ३२ वर्षीय निकु राईलाई पक्राउ परेको छ,
त्यसैगरी, असार १३ गते, ब्यूरोले बल्खुस्थित एक डेराबाट थप कारबाही गर्दै तीन प्रकारका एम्पुल गरी ३१ हजार १०१ एम्पुल लागू औषधसहित कुंगा तामाङ र पदमबहादुर महतलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरुको साथबाट १० हजार ३६७ एम्पुल बुप्रेनोर्फिन, १० हजार ३६७ एम्पुल डाईजेपाम, १० हजार ३६७ एम्पुल फेनार्गन गरी जम्मा ३१ हजार १०१ एम्पुल बरामद भएको छ ।प्रहरीले विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा डेरा कोठाभन्दा छुट्टै कोठा भाडामा लिएर लागू औषध भण्डारण गर्दै बिक्री वितरण गरिरहेको पाइएको ब्यूरोले जनाएको छ ।