Saturday, August 16, 2025

तस्करी प्रकरणमा मोलमोलाइ गरेको अडियो सार्वजनिक:-

ताजा / भरखरै प्राप्त

सर्लाही जिल्लाको हिरापुरमा रहेका इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सई, बैद्यनाथ दासको जिम्मेवारी खोस्दै निलम्बन गर्न प्रक्रिया अघि बढाइयेको छ ।
हिरापुरको बाटो प्रयोग गरेर तस्करीको अबैध सामानहरु लग्ने तस्कर र सई दास बीच लेनदेनका बिषयमा भईरहेको कुराकानीको अडिया संवाद भए पछि, निज सई.लाई निलम्बन गर्न प्रक्रिया माथिल्लो निकायमा पठाइएको छ ।
सई दास र तस्करका विश्वास पात्र घुमुवा प्रहरी जवान सन्तोष यादव संग भएको त्रिपक्षीय लेनदेन र मोलमोलाई को अडियो संवाद सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज शुक्रवार सई दास जिम्मेवारी खोस्दै बरहथवामा तानेर निजलाई निलम्बन गर्नका निमित्त मधेश प्रदेश प्रहरी कार्यालय हुँदै प्रहरी प्रधान कार्यालय काठमाडौंमा सिफारिस पत्र पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles