Saturday, August 16, 2025

ठुलो परिणाममा लागुऔषध सहित एक झापा प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा वडा नम्बर ६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको प्रहरीले बताएको छ । घिमिरेले प्रहरीलाई भनेका छन्” आफुले स्थानीय भानुभक्त खरेलको निर्देशनमा सो काम गरेको बताएका छन् ।

प्रहरीले घिमिरेको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइट क्याप्सुल एक लाख ३ हजार ८ सय क्याप्सुल, ट्रामाडोल हाइड्रोक्लोराइट इन्जेक्सन ट्रामाडेक्स एक हजार ८७० एम्पुल, ट्रामाडोल एण्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डिसाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट ८ हजार ९ सय ट्याब्लेट र कम्बिप्याक अफ मिफेप्रिस्टोन ट्याब्लेट एण्ड मिसोप्रोप्सोल ट्याब्लेट ७ हजार ६५० ट्याब्लेट बरामद गरेको छ ।

प्रहरीले लागुऔषधसहित उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका–५ स्थित मंगलदीप टोलमा मनकुमार संग्रौलाको घरमा छापा हानेर उक्त लागुऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles