Saturday, August 16, 2025

उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न डीआईजी चतुर्वेदीको निर्देशन ।

ताजा / भरखरै प्राप्त

डीआइजी उमा चतुर्वेदीद्वारा जिल्ला प्रहरी कार्यालय महोत्तरी स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशनमधेश प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन डीआईजी चतुर्वेदीले उक्त निरिक्षण गर्नुभएको हो ।निर्देशनका क्रममा डिआईजी चतुर्वेदीले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । साथै प्रहरी संगठनले अंगिकार गरेका नीति तथा कार्ययोजना एवं प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन समेत उहाँले निर्देशन गर्नुभएको छ ।नव जनप्रहारबाट,सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles