Saturday, August 16, 2025

प्रहरी घुमुवामार्फत नै ‘अडियो ट्र्याप’ को खुलासा:-

ताजा / भरखरै प्राप्त

सर्लाही जिल्लाको ब्रम्हपुरी प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मनोज यादवविरुद्ध सुनियोजित तरिकाले गरिएको अडियो रेकर्डिङ काण्डमा नयाँ तथ्यहरू बाहिरिएका छन् ।

यादवमाथि लगाइएको आरोप कुनै स्वतःस्फूर्त घटना नभएर पूर्वयोजना अनुसारकै चरित्रहत्या प्रयास भएको प्रहरी अनुसन्धानले देखाएको छ।

स्रोतका अनुसार, अडियो रेकर्डिङमा संलग्न महिला लामो समयदेखि झोलेपोके तस्करीमा संलग्न रहेको र उनलाई प्रयोग गरेर इलाका प्रहरी कार्यालय बयलबासका घुमुवा प्रहरी हबल्दार रामसेवक ठाकुरले अडियो रेकर्ड गरेको खुलेको छ । प्रहरी स्रोतका अनुसार ती महिलाको नाम बविता महतो हो , उनी निकै पहिलेदेखि त्यस एरियामा झोलेपोके तस्करीमा संलग्न छन् तथा उनी तस्करीमा निकै चालु छन् ।
रामसेवक ठाकुर सर्लाही प्रहरीको फरार अपराधी पक्राउ गर्ने सेलमा घुमुवा रुपमा कार्यरत थिए। हाल उनी इलाका प्रहरी कार्यालय बयलबासको घुमुवाका रुपमा कार्यरत छन् । केही दिन अघि इप्रका बरथहवा मातहतको हिरापुर चौकी इन्चार्ज सई बैजनाथ दास १८ हजार घुसकाण्डमा पक्राउ परी निलम्बनमा परेका छन् । सो इप्रकाका प्रमुख इन्सपेक्टर निरन्जन भट्टराई रहेका छन् ।

प्रहरीले सार्वजनिक अडियोबारे विश्लेषण गर्दै भनेको छ— “उक्त अडियोमा न कुनै बार्गेनिङ छ, न त पैसा मागिएको छ, न तस्करीसँग सम्बन्धित संवाद।” बरु यादवले “म पक्राउ परेका कुरामा केही गर्न सक्दिन, छानबिन गर्ने निकाय छुट्टै छ” भन्ने मात्र सुन्न सकिन्छ।
प्रहरीको भनाइमा, सामान्य संवादलाई तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाउँदै व्यावसायिक छवि बनाएका इन्चार्ज यादवलाई बदनाम गर्ने प्रयास गरिएको हो। प्रहरीले आम जनताको फोन उठाउनै पर्छ र उनीहरुको जिज्ञासा वा प्रश्नको जवाफ दिनु प्रहरीको कर्तव्यभित्रै पर्छ ।
यो घटनालाई स्थानीय प्रहरी वृत्तमा मधेशी मूलका प्रहरीबीच आपसी बदला र गुटबन्दीको संकेत समेतका रूपमा हेरिएको छ। ब्रम्हपुरी चौकीको इन्चार्ज बनेका मनोज यादवका विरुद्ध ठूला तस्कर र घुसखोर प्रहरीहरूको मिलेमतोमा हमला गरिएको प्रहरी स्रोतले बताएको छ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीले अडियो बाहिरिएपछि यादवलाई बोलाएर सोधपुछ गरिसकेको जनाएको छ।सोधपुछ एवं स्पष्टीकरणपछि प्रहरीको निष्कर्ष स्पष्ट छ — “घटनाको वास्तविकता सामाजिक सञ्जालमा फैलिएको जस्तो होइन।” प्रहरी प्रशासनले स्पष्ट रूपमा चेतावनी दिएको छ — सत्य तथ्य नबुझी अफवाह फैलाउने, सुनियोजित हमला गर्नेहरूमाथि कडा कानुनी कारबाही हुनेछ।
असई मनोज यादवले पनि आफूविरुद्ध गरिएको “असत्य, गलत र नियतबस गरिएको आरोप”प्रति आपत्ति जनाउँदै कानुनी प्रक्रिया अघि बढाउने तयारीमा रहेको जनाएका छन् “सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles