सर्लाही जिल्लाको हिरापुरमा रहेका इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सई, बैद्यनाथ दासको जिम्मेवारी खोस्यो, निलम्बन गर्न प्रक्रिया अघि बढाइयेको छ ।
हिरापुरको बाटो प्रयोग गरेर तस्करीको अबैध सामानहरु लग्ने तस्कर र सई दास बीच लेनदेनका बिषयमा भईरहेको कुराकानीको अडिया संवाद भए पछि, निज सई.लाई निलम्बन गर्न प्रक्रिया माथिल्लो निकायमा पठाइएको छ ।
सई दास र तस्करका विश्वास पात्र घुमुवा प्रहरी जवान सन्तोष यादव संग भएको त्रिपक्षीय लेनदेन र मोलमोलाई को अडियो संवाद सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रवार सई दास जिम्मेवारी खोसेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय हुँदै प्रहरी प्रधान कार्यालय काठमाडौंमा सिफारिस पत्र पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिएका छन् ।