Friday, August 15, 2025

सशस्त्र प्रहरी पर्साद्वारा ठुलो मात्रामा भारतिय धान पक्राउ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले भन्सार छलिको आशंकामा करिब १२ लाख रुपैयाँ बराबरको धान र ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी बल पर्सा का हालै आएका सशस्त्र प्रहरी पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा सञ्चालन भएको तस्करीविरुद्धको विशेष अभियान अन्तर्गत उक्त कारबाही गरिएको हो ।पर्साका वीरगञ्ज महानगरपालिका–२६ स्थित तिलावेपुल क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले करिब ६४ क्विन्टल धान लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरीपर्साले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतको प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौबाट खटिएको सशस्त्र प्रहरीका टोलीले सशस्त्रका (डीएसपी) कृष्ण सिंह पुजाराको कमाण्डमा उक्त धान बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजारासहित ५ जना सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
गस्तीका क्रममा प्रदेश २–०२–००१ त ०३१५ नम्बरको ट्याक्टरमा कुनै प्रकारको बिल-बिजक नदेखाई ल्याइँदै गरेको ठूलो परिमाणको धान फेला परेपछि सुरक्षाकर्मीहरूले उक्त ट्याक्टरसहित धान नियन्त्रणमा लिई थप आवश्यक कारबाहीका लागि पर्साका बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
बरामद गरिएको धानको मूल्य करिब रु. २,११,२०० रहेको छ भने प्रयोग गरिएको ट्याक्टरको अनुमानित मूल्य रु. १० लाख रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यसरी बरामद गरिएको सामानहरूको कुल मूल्य रु.१२,११,२०० बराबर रहेको छ ।
सशस्त्र प्रहरी बल पर्साका प्रहरी प्रमुख (एसपी)) पुरन चन्द्र भट्टले पदभार ग्रहण गरेदेखि नै तस्करी नियन्त्रणमा कडाइका साथ सीमा क्षेत्रमा निगरानी बढाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles