Saturday, August 16, 2025

ट्राफिक प्रमुख पर्साका लोकराजभट्ट,उत्कृष्ट ट्राफिक प्रहरी घोषित:-

ताजा / भरखरै प्राप्त

पर्साका लोकराज भट्ट असार महिनाको Best.Traffic Police of the Month’ घोषित भएका छन् ।
पर्साका बिरगञज ट्राफिक व्यवस्थापनमा सक्रियता, अनुशासन र कर्तव्यपरायणताको उदाहरण प्रस्तुत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजमा कार्यरत प्रहरी निरीक्षक लोकराज भट्टलाई असार महिनाको ‘Best Traffic Police of the Month’ घोषित गरिएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारा अन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लाका ट्राफिक कार्यालयहरूबाट प्राप्त मूल्यांकनमा भट्ट उत्कृष्ट ठहरिएका हो ।
उनी ट्राफिक व्यवस्थापन, ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा चाँडो निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वद्वारा विशेष पहिचान बनाउन सफल भएका छन् ।
प्रहरी निरीक्षक भट्टले आफ्ना जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै वीरगंजको जटिल ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् । यही योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई रु ६,३०० नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles