

पटक पटकको संचार गृह र सन्चारकर्मी माथि आक्रमणको घटना बढ्दै जानुमा राज्य पक्षको कमी कमजोरी देखिएका छन। प्रहरी कै आगाडी पत्रकार उपर हमला हुन्छ तर प्रहरीले राजनीतिक हस्तछेपको कारण केहि जानकारी नै छैन भनि जवाव दिएर पन्छिन खोज्छ। पत्रकारहरुको छाता संगठनले बिज्ञप्ती जारि गर्छ तर स्थानीय प्रहरी कानमा तेल हालेर बस्छ, पिडित पत्रकार न्यायको लागि कराई रहेको हुन्छ प्रहरी हुन्छ हुन्छ भनि फुसलाई रहेको हुन्छ। कानुनले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भएपनि व्यवहारिक रुपमा प्रहरी प्रशासन मजाक उडाई रहेका हुन्छ। प्रहरीको बिरुद्धमा शायद समाचार लेखेको भएर प्रहरीले यस्तो व्यव्हार गर्ने गर्छ कि भने जिज्ञासाको बिषय भएको छ।
जलेश्वरमा दिवाकर साह माथि आक्रमण गरिदा प्रहरीको उपस्थती देखिएको थियो भने मौलापुरमा राजकुमार यादव उपर हमला हुदा त्यहाँ पनि प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। पिडित जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दिन जादा जिम्मेवार प्रहरी अधिकृतको व्यव्हार देखेर पत्रकार संग दुश्मनी नै भएको जस्तो आभास भयो। संचार गृह, संचार कर्मी को सुरक्षाको लागि राज्यले गम्भीर नभए सम्म प्रेस माथिको आक्रमणको घटनामा न्युनिकरण नहुने राकेश कुमारको भनाईं रहेको छ ।