लागू औषधसहित पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–११ सतुङ्गलबाट लागूऔषध चरेशजस्तो देखिने पदार्थ करिब ६ किलोग्रामसहित सोही नगरपालिका–९ मच्छेगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका–२ घर भएका ३९ वर्षीया पार्वती मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१० बनकट्टी बस्ने २० वर्षीय सञ्जय रानालाई खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका– १७ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१८ बस्ने २९ वर्षीय शंकर बस्नेतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका–११ भिमबस्ती बस्ने २० वर्षीय निशान्त ढकाल समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–९ ब्रह्मदेबबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सञ्जय लावडलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रह्मदेव समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ७ ग्राम १ सय ३० मिलिग्रामसहित इलाम नगरपालिका–११ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै उदयपुरको कटारी नगरपालिका–८ बस्ने ४५ वर्षीया देवकुमारी थापा मगरलाई गाँजा ३० किलो ३ सय ६० ग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
उता सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका(१ बस्ने २२ वर्षीय साजन श्रेष्ठ र २३ वर्षीय कृष्ण मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वा बस्ने ३० वर्षीय रबिन मुखियालाई खैरो हेरोइनजस्तो देखिने पदार्थ ८ सय मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
उता मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका–११ थानाभर्याङ बस्ने २२ वर्षीया अनुशा तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले वीरगन्जबाट नारायणगढतर्फ आउँदै गरेको ना. ७ ख ५१४९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न बारा जीतपुर सिमरा उपमहानगरपालिका–२१ घर भएका ३२ वर्षीय मनोज कुमार ठकुरीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै बाँके नेपालगन्ज उपमहानगरपालिका–१ वाटरपार्कबाट नाइट्राजेपाम २ सय ६४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१८ बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।