Sunday, July 27, 2025

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका करोडौंको सामान बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी सर्लाहीले डेढ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरी सर्लाहीले जनाएको छ ।
सशस्त्र प्रहरी र सर्लाहीका भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले एक करोड ५८ लाख मूल्य बराबरको तस्करीको सामान बरामद गरेको छ । सर्लाहीका
ईश्वरपुर नगरपालिका–२ राइटरखोपस्थित तुलसी पशुपालन फर्ममा लुकाएर राखेको तस्करीका कपडा लगायत सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी सर्लाहीका विशेष सूचनाका आधारमा खटिएको सुरक्षा गस्तीको टोलीले ३१ पोका कपडा लगायत सामान बरामद गरेको सर्लाहीका सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देव बहादुर चन्दले जानकारी दिएका छन् ।
बरामद गरिएका सामान १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरको रहेको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले पनि जानकारी दिएका छन् । बरामद गरिएका सबै सामग्री सर्लाहीका भन्सार कार्यालय मलंगवामा दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल सर्लाहीका एसपी देव बहादुर चन्दले जानकारी दिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles