


बारा जिल्लाका ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी नायव उपरीक्षक (डीएसपी)वेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २ सिमरा चौक स्थित हाईवेमा वीरगंज बाट आउँदै गरेको ना ४ ख ५६ ७२ नम्बरको डिब्बा ट्रकलाई रोकि चेकजाच गर्दा बिल बिजक भन्दा फरक र भन्सार छलीको आशंकामा रू. ५२ लाख ७० हजार ९३ रूपैया बाराबरको कपडा, र साईकलको पार्टस, केमिकल, तथा विभिन्न प्रकारको औषधि लगायत अन्य खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिएको बाराका प्रहरीले बताएका छन् ।