Sunday, July 27, 2025

पर्साका मुस्लिम समुदायद्वारा वर्षाकालागि इस्तिस्का’नमाज अदा:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ९ अन्तर्गत टोल बैरियामा र पर्साका महानगरपालिका वीरगञ्ज वडा नम्बर १७ औलौस्थित खेतमा आज बिहान १० बजे वर्षाका लागि विशेष धार्मिक प्रार्थना ‘इस्तिस्का’ मुस्लिम समुदायले नमाज अदा गरिएका छन् ।

विगत केही महिना देखि लगातार वर्षा नपरेको र अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएपछि स्थानीय मुस्लिम समुदायका नागरिकहरू खेतमा भेला भई दुई रकात ‘इस्तिस्का’ नमाज अदा गरेका छन् । नमाजपछि सहभागीहरूले आकाशतर्फ हात उठाएर वर्षाका लागि बिनम्रतापूर्वक प्रार्थना गरेका थिए ।

दुवाको शब्द यसप्रकार थियो —
“या अल्लाह” हाम्रो दुवा स्वीकार गर्नु, आफ्नो रहमतस्वरूप पानी देउँ, हाम्रो तपाईं माथि भरोसा गरेको र्छौं, तपाईं नै सम्पूर्ण सृष्टिका मालिक हो । गाई–भैंसी, जीवजन्तु, जमिन, बोटबिरुवा र मानवहरू सबै पानीको प्यासले तडपिरहेका छन् । कृपया हाम्रो विन्ती स्वीकार गर्नु या, रब या, अल्लाह”या रब्बुल आलमीन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles