Sunday, July 27, 2025

प्रहरीद्वारा भारतिय नागरिक लागु औषधसहित पक्राउ:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीद्वारा भारतिय नागरिक अवैध लागु औषध गाँजा र ट्रकसहित एक जना मानिस पक्राउ परेका छन् ।

चितवनबाट मकवानपुर तर्फ आउँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रक गाँजा लोड गरी मकवानपुर जिल्ला तर्फ आउँदै गरेको भन्ने,प्रहरीले बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन राप्ती न.पा. वडा नं. ०१ स्थित लोथर पुल नजिकै कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा चालक पछी नामथर वतन खुल्न आएका देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया स्थायी वतन भई UP 82 T 3921 नं. को भारितय ट्रक चालक Shekh Yunus को छोरा बर्ष ३७ को Shekh Sabilakhtar रही ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध गाँजा ४३ पोका ६७१ किलो ६०० ग्राम भारतिय नं. प्लेटको ट्रक र सवारी चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने ब्यक्ति भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया स्थायी वतन रहेको चितवनका प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles