Tuesday, September 16, 2025

प्रहरी चौकीका सुभाष यादवलाई उत्कृष्ट प्रहरी अधिकृत घोषित:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय सर्लाहीले इलाका प्रहरी कार्यालय करमैया प्रहरी चाैकीका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सई. सुभाष यादव ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।जिल्लामा अपराध नियन्त्रण, अनुसन्धान, तस्करी रोकथाम र मानव उद्धार जस्ता विषयमा उत्कृष्ट प्रदर्शन गरेकोमा उनलाई यो सम्मान प्रदान गरिएको जनाइएको छ ।सर्लाही जिल्ला प्रहरीका अनुसार यादवको नेतृत्वमा नक्कली नेपाली नोट तस्करीमा संलग्न गिरोह पक्राउ परेको थिए ।
यस कारबाहीमा ५ जना अभियुक्तलाई एक हजार रुपैयाँको १७६ नक्कली नेपाली नोटसहित पक्राउ गरिएको र सोही दिन २ जना भारतीय नागरिकलाई नक्कली नोटसहित र एक थान नलकटुवा पेस्तोल र १० राउन्ड गोलीसहित पक्राउ गरेका छन् ।यसबाहेक, यादवले सीतामढी जिल्ला प्रहरीसँग प्रभावकारी रूपमा समन्वय गर्दै भारतको सोनबरसा बसतपुरबाट बागमती नगरपालिका-१० का १८ वर्षीय युवक शेख जयसलाई सुरक्षित रूपमा मुक्त गरेका थिए। यादवले हालै १२ लाख ३० हजार रुपैयाँ मूल्यको ८२० किलो काजु लोड गरिएको ट्रक पक्राउ गरेका थिए, जुन परालमा लुकाएर काठमाडौँ लैजाँदै थियो। बरामद गरिएको ट्रक र चालकलाई पथलैया राजस्व कार्यालयमा बुझाइएको थियो। उनको नेतृत्वमा ४ करोड ३६ लाख रुपैयाँभन्दा बढी मूल्यको तस्करी सामग्रीले भरिएका १० ट्रकहरू पनि जफत गरिएको थियो। जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक योगेन्द्र कुमार खड्काद्वारा हस्ताक्षरित सम्मान पत्रमा सई. यादवले भारतीय प्रहरीसँगको समन्वयमा लागूऔषध विरोधी अभियान, फरार अभियुक्तको पक्राउ र बालबालिका उद्धार जस्ता धेरै जिम्मेवारीहरू उत्कृष्ट ढंगले पूरा गरेको उल्लेख गरिएको छ, जसले प्रहरी संगठनको छवि र सम्मान बढाएकोमा यसका लागि काठमाडौंमा ६९ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरले सई.सुभाष यादवलाई उत्कृष्ट अनुसन्धानकर्ता प्रहरीको रूपमा सम्मान गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles