७६ लाख नगदसहित पोखराबाट ३ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । उनीहरूको साथबाट ७५ लाख ९६ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरेको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर न.पा. १३, हाटबजारका महमुदिन एम अहमद, झापा दमक नगरपालिका ४ घर भई हाल पोखरा ६, बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा १९, पुरनचौरका खेमराज पौडेल छन् ।
उनीहरुको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार नेपाली नोट बरामद भएको कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।