Sunday, August 17, 2025

राैतहटको रामपुर खापमा वर्षाकालागि मुस्लिम समुदायले पानीको लागि नमाज पढ्दै:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको परोहा नगरपालिका अन्तर्गत खाप रामपुरमा मुस्लिम समुदायहरुले वर्षाको लागि इस्तिस्का नामाज (पानीको लागि विशेष प्रार्थना) अदा गरेका छन् । सयौंको संख्यामा स्थानीय मुस्लिमहरू, वृद्धदेखि युवाहरु साना बच्चा, जनावर उक्त नमाजमा सहभागी भएका छन् ।

मुस्लिम धार्मिक परम्पराअनुसार,नमाज पढेर रब संग पानीको लागि दुआ माग्गेका छन् ।
लामो समयसम्म तराईमा पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नामाज पढ्नेका छन् । यसै परम्परालाई निरन्तरता दिँदै खाप रामपुर र वरीपिरका गाउँका स्थानीय बुद्धिजीवी, समाजसेवी, र युवाहरू एकै ठाउँमा भेला भएर वर्षाका लागि दुवा (प्रार्थना) गरेको हो ।
स्थानीय मुस्लिम समुदायका अनुसार, यो धार्मिक र सांस्कृतिक अभ्यास मुलुकमा पानीको अभाव र सुख्खा परेका बेला भगवान (अल्लाह) समक्ष पानीको माग गर्न गरिन्छ । यो प्रार्थना शान्तिपूर्ण र श्रद्धापूर्वक सम्पन्न गरिएको मुस्लिम समुदायको भनाईं रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles