


राैतहट जिल्लाको मुस्लिम समुदायले पनिकोलागी नमाजमा सहभागी भएकाहरु” सन्तपुर दोस्तीया,बिजयपुर, बलुवा, कटहरीया बजार, बाकेपुर, इस्लामपुर,बलिरामपुरलगायतका आसपास बस्तिहरुका मानिस सहभागी रहेको थिए ।
वर्षाकालागि मुस्लिम समुदायले पानीको लागि नमाज पढ्दै गरेको तस्बिरहरू ।
रौतहट जिल्लाको लालबकैयाको किनारमा बसोबास गरेको मुस्लिम समुदायहरुले वर्षाको लागि इस्तिस्का नामाज (पानीको लागि विशेष प्रार्थना) अदा गरेका छन् । दुई सैको संख्यामा स्थानीय मुस्लिमहरू, वृद्धदेखि युवाहरु साना बच्चा, देखि जवानहरु नमाजमा सहभागी भएका छन् ।
मुस्लिम धार्मिक परम्पराअनुसार,नमाज पढेर रब अल्लाह संग पानीको लागि दुआ माग्गेका छन् ।
लामो समयसम्म तराईमा पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नामाज पढ्नेका छन् । मुस्लिम परम्परालाई निरन्तरता दिँदै सन्तपुर दोस्तीया र वरीपिरका गाउँका स्थानीय बुद्धिजीवी, समाजसेवी, र युवाहरू एकै ठाउँमा भेला भएर वर्षाका लागि दुवा (प्रार्थना) गरेका छन् ।
स्थानीय मुस्लिम समुदायका अनुसार, यो धार्मिक र सांस्कृतिक अभ्यास मुलुकका तराईमा पानीको अभाव र सुख्खा परेका बेला भगवान (अल्लाह) समक्ष पानीको माग गर्न गरिएको छ । यो प्रार्थना शान्तिपूर्ण र श्रद्धापूर्वक सम्पन्न गरिएको मुस्लिम समुदायको भनाईं रहेको छ ।