
भारतको रक्सौल, पूर्वी चम्पारण —बिहार ।
भारतको सीमावर्ती शहर रक्सौल हाल भीषण जल संकटको सामना गरिरहेको छ । विभिन्न टोलटोलमा पानीको चरम अभाव देखिँदै आएको छ, र सर्वसाधारण बूँद–बूँद पानीको लागि पिरोलिएका छन् । यस्तै संकटको घडीमा नगर परिषद् क्षेत्रअन्तर्गत वार्ड नम्बर १९ का जनप्रतिनिधि सोनु गुप्ता एक उदाहरणीय नेतृत्वकर्ताको रूपमा अघि बढेका छन् ।
सोनु गुप्ताले आफ्नो वार्ड मात्र नभई सिंगो नगर परिषद् क्षेत्रका विभिन्न स्थानहरूमा निजी खर्चमा पानीको आपूर्तिको व्यवस्था गर्दै आएको बताएको छ ।
गुप्ताले तीनवटा पानीका ट्याङ्कर प्रयोग गरेर निरन्तर सेवा दि रहेका छन्
सोनु गुप्ताको भनाइमा, नगर परिषद् प्रशासनबाट आवश्यक मात्रामा पानीको आपूर्ति हुन नसकेको स्पष्ट देखिएको छ । उनले आरोप लगाउँदै भने, “नल–जल योजनामा लाखौँ रुपैयाँ खर्च भइसकेको छ, तर कामको कुनै प्रभावकारी नतिजा जमिनमा देखिँदैन। यो सम्पूर्ण योजनामा गम्भीर भ्रष्टाचार र रकमको दुरुपयोग भएको बताएका छन् ।
नाग पञ्चमीको अवसरमा उनले विशेष पहल गर्दै नगर परिषद् क्षेत्रका प्रत्येक घर घरमा पानी पुगोस् भन्ने उद्देश्यसहित व्यवस्थापन मिलाएका छन् ।
उनले भने, “नाग पञ्चमीका दिन घर–घरमा सरसफाइ गरी नागदेवता र अन्य देवी–देवताहरूको पूजा गरिन्छ, र यसका लागि पानी अपरिहार्य हुन्छ । यस्तो पावन दिनमा जनताको सेवा गर्नु मेरो धर्म रहेको बताएका छन् ।
सोनु गुप्ताको निस्वार्थ सेवाभाव र जनहितप्रति प्रतिबद्धता देखेर रक्सौलवासीहरूले उनीप्रति कृतज्ञता व्यक्त गर्दै ‘जल योद्धा’*को संज्ञा दिएका छन् । उनले संकटको बेलामा जनताको साथमा उभिएर प्रमाणित गरेका छन्” कि साँचो जनप्रतिनिधि भनेकै त्यही हो, जसले कठिन घडीमा आफ्नो समुदायको पीडा बुझ्छन्” र समस्याको समाधानमा लागि पर्नेछन् ।