
नेपाल हज समितिको अध्यक्षपदमा मोख्खतार अहमद नियुक्ति भएका छन् । गृहमन्त्री रमेश लेखकले मंगलबार अहमदलाई हज समितिको अध्यक्षमा नियुक्त गरेको हो । हज समितिको अध्यक्षमा नियुक्त भएका अहमद सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का रहेका छन् । मन्त्री स्तरको निर्णयबाट सिराहका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।