
पर्सा जिल्लाका प्रहरी प्रमुखको रुपमा (एसपी) गाैतम मिश्र नियुक्त भएदेखि अपराध नियन्त्रणमा उल्लेखनीय सक्रियता देखिन्छ । एसपी गाैतमले आफनो कार्यकालको प्रारम्भदेखि नै, जिल्ला भित्रका आपराधिक गतिविधिहरु नियन्त्रण गर्न अभियानलाई प्राथमिकता दिएका छन् ।
पर्सा प्रहरी प्रमुख मधेश प्रदेशमा उत्कृष्ट, एसपी गौतम मिश्रको नेतृत्वमा ऐतिहासिक सफलता पाएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरद्वारा हालै सम्पन्न वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय पर्साले ९०.१९ प्रतिशत अंकसहित पहिलो स्थान हासिल गर्दै मधेश प्रदेशकै सर्वोत्कृष्ट प्रहरी इकाई बन्न सफल भएको छ ।
उक्त उपलब्धि हाल पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको दूरदर्शी नेतृत्व, इमानदार कार्यशैली र कर्तव्यनिष्ठ टोलीको समर्पणको प्रतिफल मानिएको छ।
एसपी मिश्रले पर्सामा कार्यभार सम्हालेदेखि नै शान्ति–सुरक्षा कायम राख्ने, आपराधिक गतिविधिहरू नियन्त्रण गर्ने, लागूऔषध कारोबारमा अंकुश लगाउने, ट्राफिक प्रणालीलाई व्यवस्थित गर्ने, जनमैत्री सेवा प्रवाह गर्ने लगायतका कार्यमा उल्लेखनीय सफलता हासिल गरेका छन्।
जनसहभागिता, सूचना प्रविधिको प्रयोग, पारदर्शिता र जवाफदेहितालाई मुख्य सूत्र मानेर उनले अपराध नियन्त्रणसँगै नागरिक–प्रहरी सम्बन्ध मजबुत बनाउने काम गरेका छन् । साथै, महिलामैत्री सेवा, बालबालिका संरक्षण, साइबर अपराध नियन्त्रण, र सामुदायिक प्रहरी साझेदारीलाई पनि प्राथमिकतामा राखिएको छ । पर्सा प्रहरीले हालका दिनहरूमा व्यवस्थित सेवा प्रवाह, द्रुत कार्य सम्पादन, र कानूनी कडाइमार्फत आम सर्वसाधारणको विश्वास जित्दै आएको छ । जिल्लावासी तथा उच्च प्रहरी अधिकारीहरूबाट एसपी मिश्रको नेतृत्वको व्यापक प्रशंसा गरिएको छ । एसपी मिश्रले भने:
“यो उपलब्धि मेरो मात्र नभई सम्पूर्ण पर्सा प्रहरी परिवारको हो । जनताको साथ, भरोसा र सहयोगले हामी थप प्रेरित भएका छौं, भने हामी अझ सशक्त ढंगले सेवा गर्न प्रतिवद्ध रहने छौं, पर्साका प्रहरी प्रमुख (एसपी) गाैतम मिश्रले बताएका छन् ।”