चम्पारणको मोतिहारी जिल्लाको
ढाका थाना क्षेत्रअन्तर्गत चन्दन बाड़ा गाउँमा लामो समयदेखि वर्षा नहुँदा उत्पन्न भएको सुख्खा अवस्थालाई ध्यानमा राख्दै मुस्लिम गाउँका बासिन्दाहरूले जामिया इमाम इब्न ए तैमियाको मैदानमा सामूहिक रूपमा इस्तिस्का नमाज (वर्षाका लागि विशेष प्रार्थना) अदा गरेका छन् ।
यस विशेष नमाज कार्यक्रममा बृद्ध, महिला तथा बालबालिकासहित सयौं व्यक्तिहरू सहभागीता रहेको थियो ।
अल्लाह सँग वर्षाको लागि मुस्लिम समुदायद्वारा दुआ माग्दै सामूहिक रुपमा प्रार्थना गरिएको छ ।
“हे अल्लाह” हामीमाथि आफ्नी रहमतको वर्षा गर — आमीन, सुम्मा आमीन” ।