


सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराको नेतृत्वमा बारामा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीको निर्देशनमा सञ्चालित उक्त अभियान अन्तर्गत ठूलो मात्रामा अवैध सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ। सशस्त्र प्रहरी बाराले ८ लाखको तस्करीको समान बरामद गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ ।सशस्त्र प्रहरी बलकाे पिपरपाती स्थित प्रस्तावित गुल्मले झण्डै ८ लाख बराबरको भन्सार छलि गरेर तस्करी गरि ल्याएको सामान बरामद गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ ।उक्त तस्करीकाे सामान भारतीय चर्चित तस्कर अरबिन्द साहकाे रहेको पिपरपाती गुल्मले जानकारी दिएको छ । बरामद भएको तस्करीका सामानमा कपडा र कम्प्युटरको सामानहरू रहेका छन् ।बाराको पथलवाघाट र खजानी क्षेत्रबाट अहिले व्यापक तस्करी धन्दा चलेको बाराका स्थानीयले बताउँछन् ।बाराको पथलवाघाट र खजानीबाट अहिले मुख्य रूपमा तस्करीको लाइन पाउनेमा भारत अगर्वा घर भएका अरबिन्द साह रहेका छन् । उनले नेपालको बारा सिम्रौनगढको नरवासमा पसल समेत संचालन गरेका छन् । त्यही पसलको नाममा उनले ठूलो तस्करी धन्दा चलाउंदै आएका छन् । उनले पाँच जना कामदार राखेर मोटरसाइकल मार्फत कपडा , कस्मेटिक , खुसा , चिनी देखि किरानाका सामानहरूको तस्करी गराउंदै आएका छन् । अरबिन्द ले कामदारको रूपमा तस्करीमा प्रयोग गरेकाहरूमा राहुल गुप्ता , सन्तोष साह , अजय यादव , भोला पण्डित र सन्तोष कुशवाह प्रमुख पाटनर रहेका छन् । तस्करी गरेर ल्याएको कस्मेटिक सामान आफ्नो पसल र गोदाममा राख्ने गरेका छन्” भने सुखा र कपडा कोल्वी , वरियारपुर र गंजभवानीपुर सम्म पुर्याएर पसल पसलमा बिक्री गर्ने गरेका छन् । अरबिन्दको यो तस्करी समूहमा भोला , राजु , सन्दिप , उपेन्द्र समेत रहेका छन् । यी कारोबारीहरू तस्करीको लाइन पाउने अरबिन्द साहका साझेदार रहका छन् ।उनले यसरी निरन्तर रूपमा तस्करी गराउंदै आएको एक बर्ष भन्दा बढी भैसकेको छ । कारोवारी अरबिन्दले पथलवाघाट स्थित प्रहरी चौकीका असई र जिल्ला प्रहरी कार्यालय बाराबाट परिचालित भएका घुमुवा हरुलाई सेटिङ मिलाएर ठूलो मात्रामा तस्करी गराई रहेका छन् ।