
धेरै लामो समस्य पछि, पर्साका इलाका प्रहरी कार्याल पटेर्वा सुगाैलीले लागु औषध गाँजा र मोटरसाइकलसहितको मानिस पनि पक्राउ गरेको छ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ करबोला चोक स्थितमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्सा बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भघहा बलुवाबाट देवरवाना तर्फ जादै गरेको BR05AG6805 नम्बरको मोटरसाइकल तथा मोटरसाइकल चालक जिल्ला पर्सा पर्सा गढी नगरपालिका – ९ एकटाङ्गा बस्ने” बोतु राउत अहिरको छोरा वर्ष ३४ को जग मोहन यादवलाई प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि र निजको शरिरमा बाँधीएको अवस्थामा लागु औषध गाँजा आठ किलो पाँच सै ग्राम फेला परेकोले गाँजा, र मोटरसाइकलसहित यादवलाई पर्साका प्रहरीले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइ रहेको पर्साका प्रहरीले जनाएका छन् ।