


मुग्लिन नारायणगढ सडकको १७ किलोमा हाइलक्स, यात्रुबाहक बस र भारतीय टेलर एकआपसमा ठोक्किँदा सवारी दुर्घटना भएको छ ।
आज मुग्लिन-नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा हाइलक्स, यात्रुबाहक बस र भारतीय नम्बर प्लेटको टेलर एकआपसमा ठोक्किँदा सवारी दुर्घटना भएको देखिएको छ ।
दुर्घटनामा संलग्न तीनवटै सवारी साधनमा सवार यात्रुहरूको अवस्था सामान्य रहेको र ठूलो मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले चितवनले जनाएको छ ।
प्रहरीका अनुसार सडक चिप्लोपन, ब्रेक फेल वा अन्य कारण हुन सक्ने आशंका प्रहरीको
रहेको छ ।
विस्तृत विवरण आउन बाँकी रहेको छ ।