Thursday, August 14, 2025

सशस्त्र प्रहरी पर्साद्वारा एक जना भारतिय महिला पक्राउ:-

ताजा / भरखरै प्राप्त

भारतको रक्साैलबाट मोबाइलको दुई थान कभर दुई पीस कपडासहित एक जना महिला सशस्त्र प्रहरी पर्साद्वारा पक्राउ परकी छिन् । बीरंगज सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी महिलामाथि भारतीय महिला हातपात,गरेको सशस्त्र प्रहरी पर्साका आरोप रहेको छ । पर्साको – बिरगज सशस्त्र प्रहरी बल नेपालले सिमा सुरक्षा जस्तो जटिल जिम्मेवारी निडरताका साथ निर्वाह गरिरहँदा, सुरक्षाकर्मीहरू आफैं असुरक्षित अवस्थामा नरहेको पर्साका स्थानीयहरुको भनाईं रहेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंज महानगरपालिका वडा नं. १६ बीरगंज पर्सा मा खटिएकी महिला सशस्त्र प्रहरी जवान कृष्णमाया नेपालीलाई सीमा जाँचका क्रममा एक भारतीय महिलाले हातपात गरेकी सशस्त्र प्रहरी महिलाको आरोप रहेको छ ।
हातपात गर्ने महिला भारतको पश्चिमी चम्पारण, बिहारकी र्सिसिया – थाना सिक्टा वडा नं. ९ बस्ने शरदा देवी नाम गरेकी भारतीय महिलाले बोकेको झोलाबाट मोबाइल स्ट्यान्ड, पावर बैंक, मोबाइल होल्डर स्ट्यान्ड लगायतको विलविजक नभएका समान सशस्त्र प्रहरीले फेला परेपछि, उनले आक्रोशित हुँदै प्रहरी जवानमाथि हातपात गरेकी महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेर कार्यालय भित्र केही बेर सम्म सोधपुछ गरेको थियो ।
सुरक्षाकर्मीहरूमाथि यस किसिमको आक्रमण हुनु दुःखदको कुरो हो ।
नेपाल र भारतबीचको खुला सिमा नाका इतिहासदेखि नै दुई देशबीचको सांस्कृतिक, पारिवारिक र सामाजिक सम्बन्धको रूपमा रहेको मानिएको छ। तर पछिल्ला दिनहरूमा यही खुला सिमालाई भारतीय नागरिकहरूले नेपालमा अवैध सामान ओसारपोसार गर्ने माध्यमका रूपमा प्रयोग गर्न थालेका छन्, जुन कुनै नयाँ विषय होइन । खुला सिमाको दुरुपयोग गर्दै भारतीय र नेपाली तस्करहरू दैनिक उपभोग्यका लागि दाल, चामल,तेल, मसला, कपडा, वस्तु, औषधि, मोबाइल पार्ट्स लगायतका सामग्रीहरू अनाधिकृत रूपमा नेपाल भित्र्याउने कार्य गर्दै आएका छन् । नेपाल सरकारले सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई जिम्मेवारी तोकेर खटाएको छ । तर, जाँच कडाइ गर्दा सुरक्षाकर्मीहरू स्वयं आक्रमणको शिकार बन्न थालेको सशस्त्र प्रहरीले बताउँछन् । खुला सिमा दुई देशबीचको सहकार्य र विश्वासको प्रतीक हो तर यसको दुरुपयोग गरिएमा न त देशको सुरक्षा रहन्छ, न त सुरक्षाकर्मीको सम्मान हुनेछ,
सिमा नाकामा सशस्त्र प्रहरीको भूमिका थप सशक्त बनाउन र तस्करी नियन्त्रणमा अझै प्रभावकारी कदम चाल्नु अपरिहार्य बनिसकेका छन् । सशस्त्र प्रहरी बलले जस्तोसुकै चुनौती आए पनि निडरता र साहसका साथ आफ्नो कर्तव्य पालना गरिरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles