सप्तरी जिल्लामा एउटा सदाबहार नहर रहेको छ, जसको नाम चन्द्र नहर रहेको छ ।
तराईमा केहिगरी खडेरी परेमा यो नहर काम लाग्ने रहेको छ,भनि आज भन्दा १०० वर्ष अघी बृटिश-इण्डियाबाट प्राविधिक हरु झिकाई चन्द्रसम्शेरले सो नहर बनाएका थिए । उदयपुर तर्फ बाट आउने त्रीयुगा नदीमा निर्मित यसनहरको पानीले ११ हजार हेक्टर (४३ हजार बिघा) क्षेत्रमा सिँचाई गर्न सकिन्छ । अहिले खडेरिको बेला यो नहरबाट प्राप्त पानी पानी हैन अमृत भएको स्थानिय किसानहरु भन्छन । अब तराईका अन्य क्षेत्रहरुमा पनि महाभारत पर्वतीय क्षेत्रबाट आउने नदीहरुलाई यसैगरी बाँध बनाई सिंचाई तथा खानेपानी को परियोजना शुरुगर्न ढिलाई गर्न हुँदैन ।
तस्विर स्रोत्:
गूगल इमेजेज।
सभार