पर्साका बिरगंजको कैलाश होटल नजिकै चलिरहेको कारभित्र सर्पले एक जना बालकलाई टोकेको घटनाले पर्साका बिरगंजमा सनसनी फैलिएको छ । बा.२१ च ३९४३ नम्बरको कार कैलाश होटल नजिकबाट आउँदै गर्दा गाडीभित्र अचानक सर्प देखा परेको र त्यही सर्पले गाडीभित्रै सवार एक बालकलाई टोकेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
बालकलाई तत्कालै उपचारका लागि नजिकको अस्पताल लगिएको छ।
सर्प कसरी गाडीभित्र प्रवेश गर्यो भन्नेबारे हालसम्म स्पष्ट भइसकेको छैन। घटनास्थलमा प्रहरीको उपस्थिति रहेको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीयहरू यो अनौठो घटनाबाट आत्तिएका छन् भने विशेषज्ञहरूले गर्मी तथा वर्षायाममा गाडी पार्किङ गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् ।
थप जानकारी आउन बाँकी रहेको छ ।