गोरखाबाट चितवनको नारायणगढ आइरहेको बस आज आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै गर्दाको सीसीटीभी फूटेज बाहिरिएको छ ।
यो बस तनहुँको आँबु खैरेनी गाउँपालिका २ स्थित ऐन पहराको पार्किङबाट निकाल्ने क्रममा दुर्घटन भएको हो,दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमा २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
गोरखाबाट चितवनको नारायणगढ आइरहेको ग २ ख १०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दीनजिकै ऐना पहरा भिरबाट खसेको तनहुँ प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरीका अनुसार घुम्न हिँडेका यात्रु बोकेर निस्किएको बस आरामका लागि रोकिएको थियो । रिफ्रेस गराएर स्टार्ट गर्दा बस ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । सार्वजनिक भएको सीसीटीभी फुटेजमा उक्त बसलाई चालकले पार्किङबाट ब्याक गराइरहेको देखिएको छ ।
चालकले ब्याक गराउँदा नियन्त्रण गुमेर बस भिरमा खसेको चालकले प्रहरीलाई बयान दिएका छन् । उक्त सीसीटीभी फुटेजअनुसार बस ब्याक गरेको १० सेकेन्डमै सडकबाट सिधै तल गएर बजारिएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पार्किङमा राखेर झिक्ने क्रममा ब्याक गर्दा बसको ब्रेक फेल भएर खसेको हो । नियन्त्रणमा लिइएका चालकले पनि बस दुर्घटनाको कारण ब्रेक फेल भनेका छन् ।
ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले बताए।
बस रोकेर केही यात्रु ऐना पहरा घुम्न गएका थिए भने केही यात्रु बसभित्रै थिए। बस पार्किङबाट स्टार्ट गरी सडकमा ल्याउन लाग्दा हुत्तिएर सडकबाट केही मिटर तल खसेको हो। दुर्घटनामा चालकसहित ५ जना यात्रु घाइते भएका छन्। यो बस गोरखाबाट चितवन कि चितवनबाट गोरखा जाँदै थियो यकिन भइसकेको छैन। प्रहरीहरूले पनि फरक फरक विवरण उपलब्ध गराएका छन्। घाइतेहरूलाई आँबुखैरेनीस्थित अस्पतालमा उपचारका लागि लगिएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।