सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी हेरोइनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीका टोलीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाका छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बडिविरपुर का विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय रहका छन् ।
सप्तरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरी(क्षकएसपी) गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट एक सय ग्राम भन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ ।नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि, प्रहरीले दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक केसीको भनाइ रहेको छ ।