राष्ट्रिय परीक्षा बोर्डले आज सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
१२ कक्षाको परीक्षामा पाँच हजार २०२ विद्यालयका ३ लाख ९५ हजार ९ सय ८ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा सहभागी थिए ।
आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोड( NEB) ले जनाएको छ ।