Thursday, August 14, 2025

ललितपुरको महालक्ष्मी मन्दिरमा सरसफाइ तथा वृक्षारोपन:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी श्रीमती संघद्वारा ललितपुरको महालक्ष्मी मन्दिर परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत संघको आयोजना जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरको समन्वय तथा सहकार्यमा जिल्ला ललितपुर स्थित महालक्ष्मी मन्दिर परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका महासचिव अनुश्री पाख्रीन, उपाध्यक्ष तथा सल्लाहकारहरु, जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)श्यामकृष्ण अधिकारी, तथा श्रीमती संघका पदाधिकारीहरु, र आसरा सुधार केन्द्रका पदाधिकारीहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेत उपस्थिति रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles