



नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा श्रीपशुपतिनाथ मन्दिरमा पाल्नु हुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
संघका महासचिव अनुश्री पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका कार्यसमितिका पधाधिकारीहरु, आसरा सुधार केन्द्र रानीबनारी काठमाडौका पदाधिकारीहरु र प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रममा १५० जना भक्तजनहरुले प्राथमिक स्वास्थ्य परीक्षण गराउनु भई लाभान्वित हुनु भएको थियो ।