Thursday, August 14, 2025

हत्या र लुटपाट गर्ने सप्तरी प्रहरीद्वारा ९ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

करिब दुई महिनाको लामो अनुसन्धानपछि सप्तरी प्रहरीले ९ जना डाँकालाई पक्राउ गरेका छन् । महनटोलका घरधनी ५० वर्षीय कन्तलाल चौधरीको हत्यापछि लुटपाट गरेर फरार भएको डाँका समूह दुई महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सुरुङ्गा-८ कै २७ वर्षीय राजेशकुमार चौधरी, सोही ठाउँका २८ वर्षीय सञ्जय मरिक, बोदेबसाइन नगरपालिका-२ का २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका-११ का ३४ वर्षीय हरिकिसनु मरिक, शम्भुनाथ नगरपालिका-८ का २४ वर्षीय दीपक मरिक, उदयपुरको बेलका नगरपालिका-१ का २८ वर्षीय चन्दर मरिक, सुरुङ्गा नगरपालिका-७ का ३३ वर्षीय राजकुमार विक, लहान नगरपालिका-६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान-८ का ३८ वर्षीय उमेश साह सोनार रहेका छन् । यो समूहले कन्तलालको हत्या र लुटपाट गरेको थियो, उनको घरबाट सुनचाँदीका गरगहना लुटिएको थियो ।डाँका गर्न आएपछि कन्तलालले थाहा पाएका थिए । त्यसपछि धारिलो हतियार प्रहार गरी घाइते बनाएर गोली हानी उनको हत्या गरिएको थियो ।
दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेको थियो ।
त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र नगदसमेत लुटपाट गरी फरार भएका थियो ।

डाँका समूहले आक्रमण गरेको जानकारी प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा एक टोली घटनास्थल पुगेको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमान्डमा ९ जनाको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । तर लामो समयसम्म हत्यारा र लुटेरा पहिचान भएको थिएन ।
लामो अनुसन्धानपछि सबुदसहित ९ जनालाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता तथा डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

त्यतिबेला घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउन्ड गोलीको खोकासमेत फेला पारेको थियो ।
पोल खुल्ने डरले हत्या
कन्तलालको हत्या पोल खुल्ने डरले लुटेरा समूहले गरेको पाइएको डीएसपी बस्नेतले बताए । उनका अनुसार मृतक कन्तलाल र डकैती गर्न आएका केही व्यक्ति भने वरपरका चिनजानकै मान्छे थिए ।
नकावसहित डाँका गर्न आएको समूहलाई कन्तलालले चिनेको र यसबारे प्रहरीलाई खबर गरिदिने समेत बताएको प्रहरी अधिकारी बताउँछन् । यो सबै कुरा उनकी श्रीमतीले पनि सुनेपछि डाँका समूहले कन्तलालको हत्या गरेको डीएसपी बस्नेतको भनाइ रहेको छ ।
चिनेकै समूह डाँका गर्न गएको रहेछ,घरधनीले चिनेपछि पोल्न खुल्ने डरले हत्या भएको देखिन्छ,’प्रहरीको भनाईं रहेको छ ।
हत्या र डाँकाको अनुसन्धानमा खटिएको प्रहरीको टोलीले सूचना पायो- सुरुङ्गाको पोखरिया बसनपट्टी बस्ने राजुकुमार विश्वकर्माले डाँका तथा चोरीका सरसामानहरू किनेर बेच्ने काम गर्छन् । त्यसपछि उनीमाथि प्रहरीले विशेष निगरानी बढाएको थियो ।
१६ साउन दिउँसो प्रहरीले सोधपुछका लागि भन्दै राजुकुमारलाई नियन्त्रणमा लियो । उनको घर-कोठा खानतलासी गर्दा प्रहरीले सूचना पाएजस्तै सुन चाँदीका गरगहना, भारतीय र नेपाली नोटहरू फेला परेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles