Friday, August 15, 2025

पुलिस हेल्थ क्लबमा रक्तदान कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डप काठमाडौंको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, संघका महासचिव श्रीमती अनुश्री पाख्रीन, उपाध्यक्षहरु, सल्लाहकारहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, आसरा सुधार केन्द्रका पदाधिकारीहरु, सिनियर प्रहरी अधिकृतहरु काठमाडौंका विभिन्न कार्यालयहरुका कार्यरत नेपाल प्रहरीका कर्मचारीज्यूहरु उपस्थिति रहेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles