Friday, August 15, 2025

प्रहरीका ११ जना एसएसपीसहित ३५ अधिकृहरूलाई दर्ज्यानि चिह्न प्रदान:-

ताजा / भरखरै प्राप्त

प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गर्नु भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाज्युले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ११ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा १३ जना गरी जम्मा ३५ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका छन् ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल रहेका छन् ।यसैगरी प्रहरी उपरीक्षकहरू अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का तथा प्रहरी नायव उपरीक्षकहरू बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल
रहेका छन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी हवलदार प्रहरी जवानहरूको उपस्थिति रहेको देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles