पर्साका नारायणी अस्पतालमा भएको लापरबाहीप्रति राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण, भएको थियो, तत्काल सुधार र कारबाहीको युवासंघले माग गरेको हो ।
पर्साका बिरगंज नरायणी अस्पतालमा कुरुवा कुटपिट प्रकरणमा पर्सा जिल्लाका प्रहरी प्रमुख (एसपी) गौतम मिश्रको कडा कारबाही गर्ने भएका छन् । पर्साका वीरगंजस्थित नरायणी अस्पतालमा उपचारका लागि आएका एक बालकका कुरुवामाथि अस्पताल प्रहरी बिटमा खटिएका सहायक हवल्दार परमानन्द कपाजीले दुर्व्यवहार र कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद चर्किएको छ । यस घटनापछि पर्साका प्रमुख प्रहरी अधिकृत एसपी गौतम मिश्रले तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउँदै सहायक हवल्दार कपाजीलाई अस्पतालबाट हटाई जिल्ला प्रहरी कार्यालयमा तानेर अनुशासनात्मक प्रक्रिया सुरु गरेका छन् । अस्पताल जस्तो संवेदनशील स्थानमा यस्तो दुर्व्यवहारले नागरिकमा ठूलो असन्तुष्टि पैदा गरेको छ । स्थानीय तहदेखि सामाजिक सञ्जालमा आलोचनाको भुँइचालो आएको र नागरिक समाजले दोषीमाथि कडा तथा छिटो न्यायिक प्रक्रिया अघि बढाउन प्रशासनसँग जोडदार माग गरेको छ।
प्रहरी प्रशासनले यस्तो घटनाप्रति कुनै पनि किसिमको सहनशीलता नदेखाउने र समुचित कारबाही सुनिश्चित गरिने पर्साका प्रहरी प्रमुख (एसपी) गाैतम मिश्रले बताएका छन् ।